२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
सारांश
- बलिउड अभिनेता सनी देअाेल यतिबेला लगातार फिल्ममा व्यस्त छन् ।
- घायलकाे सिक्वेल पछि सनी यमला पगला दीवानाकाे सिक्वेल गर्ने भएका छन् ।
- यस्तैमा उनी अाफ्नाे सुपरहिट फिल्म घातककाे पनि सिक्वेल बनाउन खाेज्दैछन् ।
बलिउड अभिनेता सनी देअाेल यतिबेला लगातार फिल्ममा व्यस्त छन् । घायलकाे सिक्वेल पछि सनी यमला पगला दीवानाकाे सिक्वेल गर्ने भएका छन् । यस्तैमा उनी अाफ्नाे सुपरहिट फिल्म घातककाे पनि सिक्वेल बनाउन खाेज्दैछन् । यही विषयलाई लिएर उनले राजकुमार संताेषीसँग पनि कुरा गरेका छन् । जाे घातकका निर्माता थिए ।
खासमा सनीले घातक २ काे लागि राम्राे कथा भेटेका छन् । छिटै यसकाे काम सुरु हुने अनुमान गरिएकाे छ । यदि यस्तै भयाे भने फिल्ममा धमाकेदार एक्शन देख्न पाइनेछ । जसकाे लागि फिल्मकाे स्क्रिप्ट दमदार बनाउने प्रयास गरिएकाे छ । दामिनी घायल र घातक जस्ता सुपरहिट फिल्म गरेकाे सनी र राजकुमारकाे जाेडी घातक २ मा २२ वर्षपछिसँगै अाउन लागेकाे हाे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया