नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक

सारांश

  • काठमाडौं ३ पुस ।
  • यी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् ।
  •  आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादीका नेता नरम ।

काठमाडौं ३ पुस । यी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन् । आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादीका नेता नरम ।

सोमबार फरक मत राख्ने गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली , अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल , मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुसाल र शक्ति बस्नेत बोलेका थिए ।

‘तत्कालिन एमालेका नेताहरु कडा रुपमा प्रस्तुत भए, माओवादीतिरका नेताको टिप्पणी अलिक नरम सुनियो ।’ एक स्थायी समिति सदस्यले भने । प्रतिवेदनमाथि छलफल गर्न बिहान ८ बजे नै स्थायी समिति बैठक बोलाइएको छ । आज पनि नेताहरु अध्यक्ष केपी शर्मा ओली माथि खनिने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?