सीपीएलः एकै खेलमा बने कैयौं रेकर्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सीपीएलः एकै खेलमा बने कैयौं रेकर्ड

सारांश

  • एजेन्सी ।
  • क्यारेबियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा टी–खेलका कैयौं रेकर्डहरु बनेका छन्।
  • जमैका थालावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रोइट्स बिच भएको खेलमा एकै दिन थुप्रै रेकर्डहरु बनेका हुन।

एजेन्सी । क्यारेबियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा टी–खेलका कैयौं रेकर्डहरु बनेका छन्। जमैका थालावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रोइट्स बिच भएको खेलमा एकै दिन थुप्रै रेकर्डहरु बनेका हुन।

वेस्ट इण्डिजका खेलाडी क्रिश गेलले ६२ बलमा ११६ रन बनाउँदा पनि उनको टोली जमैका थालावाजले हार भने टार्न सकेन। यस खेलमा कीर्तिमानी ३७ छक्का बने। यस टि–२० क्रिकेटमा क्रिस गेलले २२ औं शतक प्रहार गरे। उनको नाममा टि–२० क्रिकेटमा सर्वा्धिक शतक बनाउने कीर्तिमान छ।

मंगलबार क्यारेबियन प्रिमियर लिग अन्तर्गत जमैका थालावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रोइट्स बिच भएको खेलमा एकै दिन दुई पटक सर्वा्धिक स्कोरको कीर्तिमान भंगसमेत भयो।

यस खेलमा जमैका थालावाजले पहिलो ब्याटिङ गर्दै २४१ रन बनायो। यसमा गेलले ११६ तथा चाडविक वाल्टनले महत्वपूर्ण भूमिका खेले। गेलले ६२ बलमा ११६ रन जोडे भने वाल्टनले ३६ बलमा ७३ रन बनाए। यसक्रममा गेलले सात चौका र १० छक्का प्रहार गरे, यी दुबैको सहयोगमा जमेका थलावाजले क्यारेवियन लिगमा सर्वा्धिक स्कोर बनायो। तर यो कीर्तिमान केबल डेढ घण्टामै तोडियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?