भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे परराष्ट्र अनविज्ञ

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १८ कात्तिक।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर अन्तिम साता नेपला भ्रमणमा आउने भारतीयतर्फबाट समाचार सार्वजनिक भए पनि सो भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयमा भने कुनै जानकारी नभएको पाइएको छ।
  •   एक नेपाली सञ्चारमाध्यमले प्रधानमन्त्री मोदीको भ्रमण मिति र कार्य तालिका नै सार्वजनिक गरे पनि परराष्ट्रले भने सो विषयमा अनविज्ञता प्रकट गरेको छ।

काठमाडौं, १८ कात्तिक। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर अन्तिम साता नेपला भ्रमणमा आउने भारतीयतर्फबाट समाचार सार्वजनिक भए पनि सो भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालयमा भने कुनै जानकारी नभएको पाइएको छ।  एक नेपाली सञ्चारमाध्यमले प्रधानमन्त्री मोदीको भ्रमण मिति र कार्य तालिका नै सार्वजनिक गरे पनि परराष्ट्रले भने सो विषयमा अनविज्ञता प्रकट गरेको छ।

करिव एक महिना पहिला भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसले पहिलो पटक मोदीको नेपाल भ्रमणबारे समाचार प्रकाशित गरेको थियो। उसले त्यो बेला मोदीले पाँचौ पटक नेपालको भ्रमण गर्ने बताएको थियो। भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै सो सञ्चारमाध्यमले मोदीले डिसेम्बरमा नेपालको भ्रमण गर्ने बताएको थियो।  शनिबार एक नेपाली सञ्चारमाध्यमले जनकपुर जयनगर रेल उद्घाटन गर्न मोदी मंसिर २६ गते नेपाल भ्रमणमा आउन लागेको बताएको थियो। मोदीले नेपाल भ्रमणका क्रममा विराटनगरस्थित आईसिपी उद्घाटन गर्ने सो समाचारमा जनाइएको छ। सो सञ्चारमाध्यमले सो आईपिसी निर्माण कम्पनीका अधिकारीलाई उद्धृत गर्दै मोदीको नेपाल भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेको हो। यो निर्माण कम्पनी पनि भारतीय नै हो।
भारतीय जनता पार्टीका नेता मोदी प्रधानमन्त्री बनेपछि उनी यसअघि ४ पटक नेपाल भ्रमणमा आइसकेका छन्। उनी प्रधानमन्त्री भएपछि पहिलो पटक २०७१ वैशाखमा नेपाल भ्रमणमा आएका थिए।

त्यसपछि सोही वर्षको सार्कको १८औं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका थिए। २०७१ सालको वैशाख २८ गते उनी जनकपुर हुँदै नेपाल आए। त्यसपछि विमस्टेक सम्मेलनमा भाग लिन भदौं १४ गते मोदी नेपाल आएका थिए। संविधान घोषणाको विषयलाई लिएर भारतले नाकाबन्दी गरेपछि चिसिएको नेपाल भारत सम्बन्ध पछिल्ला दिनहरुमा सुदृढ हुँदै गएको छ। यहीबीचमा दुई देशका प्रधानमन्त्रीले एकअर्काको देशमा भ्रमणसमेत गरेकाले सम्बन्धमा आपसी विश्वास कायम भएको थियो।

तर, हालै भारतले समझदारी भइसकेको हवाई रुट दिन आनाकानी गरेपछि भने केही आशंकाहरु उब्जिएका छन्। यहीबीचमा भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्न लागेकाले यो विषयमा पनि कुराहरु उठ्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून
चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून
पोखरा र ढोरपाटनलाई जोड्दै शिवधुरी
पोखरा र ढोरपाटनलाई जोड्दै शिवधुरी
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
कती सन्कलन भयो त सरकारी ढुकुटीमा राजस्व ?
कती सन्कलन भयो त सरकारी ढुकुटीमा राजस्व ?
भदौ २३ गते सोमबारको राशिफल यस्तो छ
वन डढेलो रोकथामका लागि अभियान
वन डढेलो रोकथामका लागि अभियान
कुकुरकाे टाेकाइबाट १० जना घाइते
कुकुरकाे टाेकाइबाट १० जना घाइते
Effective Marketing Tips – Facebook
Effective Marketing Tips – Facebook
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?