पोखरामा मतदानस्थल नजिक बम विष्फोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पोखरामा मतदानस्थल नजिक बम विष्फोट

सारांश

  • कास्की क्षेत्र नं.
  • २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।
  •  पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ ।

बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?