भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भारतीय राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

सारांश

  • नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गरेका छन्।
  • राष्ट्रपति भवनमा शनिबार बिहान राष्ट्रपति कोविन्द र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।
  • त्यसअघि राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ दिइएको थियो।

नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गरेका छन्। राष्ट्रपति भवनमा शनिबार बिहान राष्ट्रपति कोविन्द र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।

त्यसअघि राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ दिइएको थियो। विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए। सम्मान दिइँदा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए।

सम्मानपछि बोल्दै प्रधानमन्त्री ओली नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध अझै सुदृढ भएको बताए। उनले छिमेकीबीचको सम्बन्ध नवीकरण गरिरहुपर्ने बताउँदै आफू त्यसैका लागि भारत आएको पनि बताए।

आफ्नो सम्मानमा भारतले दिएको सम्मानपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रको गरिबी निवारणमा सहकार्य गर्नुपर्ने बताए।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?