नेपाली युवकलाई भारतमा जबरजस्ती युवती बनाइयो !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
नेपाली युवकलाई भारतमा जबरजस्ती युवती बनाइयो !

सारांश

  • रोजगारी गर्न भारत गएका एक युवक ३ वर्षपछि घर फर्किए ।
  • तर घ फर्कदा उनको रुपरंग र लिंग नै परिवर्तन भइसकेको थियो ।
  • युवकको रुपमा भारत गएका सुरेन्द्र माल स्वदेश फर्कदा लिंग परिवर्तन भएर युवती बनेर आए ।

रोजगारी गर्न भारत गएका एक युवक ३ वर्षपछि घर फर्किए । तर घ फर्कदा उनको रुपरंग र लिंग नै परिवर्तन भइसकेको थियो । युवकको रुपमा भारत गएका सुरेन्द्र माल स्वदेश फर्कदा लिंग परिवर्तन भएर युवती बनेर आए । कक्षा १२ को परीक्षा दिएर आफ्ना वुवासँग रोजगारी गर्न भारत गरेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका २४ वर्षिय सुरेन्द्र माल । २०७२ साउनमा बुवासंगै कामको खाजीमा हरिद्धार छिरेर वुवासँगै हरिद्वारमा काम गर्दै गरेका सुरेन्द्र माललाई एक अपरिचित नेपालीले बढी तलबको लोभ देखाएर भारतको अर्को शहर चण्डिगढ लगे । उनलाई ६ महिनासम्म एउटा घरमा काममा लगाईयो । त्यो घरमा तेश्रो लिङ्गी र किन्नर जातिका मान्छे मात्रै बस्थे । उनी केही समयपछि त्यहाँबाट भाग्न सफल त भए तर फेरी उनलाई पहिलेकै साहुले लगे ।

यतिवेला उनलाई १ महिना कुनै तनाव दिईएन् । उनी खुसीले नै काम गरे । तर, एक महिनापछि कुनै रोगको महामारी फैलिएको भन्दै औषधि खान दवाव दिईयो । औषधि खाने बितिक्कै आफु बेहोस भएको र ५ दिन पछि मात्रै होसमा आए । उनलाई बेहोसीमैं लिंग सहित शारीरीक बनावट नै परिवर्तन हुने औषधि शरीरमा पु¥याइएको उनि बताउछन् ।

आफ्नो लिंग र शरीरमा परिवर्तन मात्रै होइन विस्तारै सुरेन्द्रबाट प्रियामा रुपान्तरित बन्नु परेको पीडा पनि उनी सुनाउन् । जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले सुरेन्द्र संगै आएका १ जना र उनलाई खोज्दै आएका २ जना गरी ३ जना भारतिय लाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

दुई वर्षसम्म बन्धक जस्तै जिवन बिताएका र विवाह, ब्रतबन्ध तथा अन्य समारोहमा नाच्ने काम गर्नु वाध्य बनाइएका सुरेन्द्रले अन्य व्यक्तिलाई भारत रोजगारमा जाँदा बुझेर मात्रै जान सुझाव दिएका छन् । सुरेन्द्रबाट प्रियामा रुपान्तरण भएका उनले रोजगारीका लागि भारत जाँदा धेरै कुरामा ध्यान दिन  र सचेत बन्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?