भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ

सारांश

  • काठमाडौं, १९ कात्तिक ।
  • विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् ।
  • उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

काठमाडौं, १९ कात्तिक । विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

गौतमले भारतका सेना प्रमुख एम एम नरवाणेलाई कालो झण्डा देखाउने बताउँदै आएका थिए । नरवाणे आजबाट दिन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् ।

नरवाणेले नेपालसँग सीमा विवाद हुँदा देहरादूनमा पुगेर घुमाउरो पाराले नेपालमाथि चीनको उक्साहटमा परेको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?