भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
५२ पटक हेरिएको
Shares
भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी

सारांश

  • उत्तर कोरियाका संस्थापक नेता किम इल सुङका छोरी किम कोङ हुई सात वर्षपछि सार्वजनिक रुपमा देखापरिन् ।
  • उनी सन् २०१३ यता सार्वजनिक रुपमा नदेखिएपछि संशय पैदा भएको थियो ।
  • उनी देशबाहिर गएकी वा मारिइन् भन्ने आशंका समेत भयो ।

उत्तर कोरियाका संस्थापक नेता किम इल सुङका छोरी किम कोङ हुई सात वर्षपछि सार्वजनिक रुपमा देखापरिन् । उनी सन् २०१३ यता सार्वजनिक रुपमा नदेखिएपछि संशय पैदा भएको थियो । उनी देशबाहिर गएकी वा मारिइन् भन्ने आशंका समेत भयो । कारण सोही वर्ष उनको पतिलाई क्रुरतापूर्वक फाँसी दिइएको थियो ।

चाङ सङ थेकलाई उत्तर कोरियाका शासक किम जोङ ऊनले धोकाधडी गरेको आरोप लगाउँदै विभत्स तरिकाले हत्या गर्न लगाएका थिए । उनलाई धेरै दिनदेखि भोकाएका दर्जनौं कुकुरले टोकाएर मारिएको खबरहरु बाहिर आएको थियो ।

थेक मारिएपछि सात वर्षयता उनकी पत्नी हुई सार्वजनिक कार्यक्रममा देखिइनन् । यसप्रति धेरै टिकाटिप्पणीहरु भए ।

उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले सातवर्षपछि एउटा तस्बिर सार्वजनिक गर्यो जसमा हुई आफ्ना भदाहाको नजिकै बसेकी छिन् । किम र उनकी पत्नीको छेवैंमा ताली बजाइरहेकी महिलाको तस्बिर देखिन्छ । उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जस्तै अनुहार भएकी हुई कालो कोट र छोटो कपालकी छिन् । आँखामा चश्मा लगाएकी उनको अनुहारमा खुशीको भाव छैन । उनी भदाहाको साथमा स्टेज कार्यक्रममा देखिएकी हुन् ।

उत्तर कोरियाली नयाँ वर्ष मनाइरहेको भन्दै हुईको तस्बिर बाहिर आएको हो । हुई सार्वजनिक कार्यक्रममा वरिष्ठ उत्तर कोरियाली अधिकारीहरुको साथमा देखिनुलाई उनी पुनः शक्तिमा फर्किएको सन्देशका रुपमा लिइएको छ । एक दशकअघि हुई र उनका पति उत्तर कोरियामा निकै शक्तिशाली थिए । किम इल सुङकी दुई छोरा र एक छोरी थिए । जसमध्ये दुवै छोराहरु किम जोङ इल र चाङ सङ थेकको निधन भइसकेको छ ।किम जोङ इलका चार पत्नीहरुमध्ये तीनजनाबाट छ सन्तान छन् । जसमध्ये जेठा किम जोङ नामको हत्या भइसकेको छ । नामलाई वर्तमान शासक किम जोङ ऊनले हत्या गर्न लगाएको विषय बाहिर आएको थियो ।(एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
घुससहित राजश्वका कर्मचारी पक्राउ
घुससहित राजश्वका कर्मचारी पक्राउ
Very best Mac Anti virus For Spyware and Protection
काउसो दलेर साढे तीन लाख लुटपाट…
काउसो दलेर साढे तीन लाख लुटपाट…
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु