पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
३४ पटक हेरिएको
Shares
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता डा.
  • मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३ औँ स्मृति दिवसका अवसरमा उनको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुुपर्ने बताएका हुन् ।

देशमा प्रजातन्त्र प्राप्तिका लागि राईको योगदान अतुलनीय रहेको बताउँदै उनले प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी रहेको बताए । इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ । कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको नेता रिजालको भनाइ थियो ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उनले उल्लेख गरेका थिए । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले स्व.राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि सङ्घर्षरत नेता भएकाले आज पनि उनको योगदानको स्मरण हुने गरेको बताए ।

स्वर्गीय नेता राईको सालिकमा नेता रिजाल, सांसद खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतले माल्यार्पण गरिएको बलबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर खनालले बताए । उन्नाइस पटक देशको कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको विसं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो । जिल्लामा प्रायः सबैजसो पार्टीले स्व राईको योगदानको स्मरण गर्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास
यौनरोग के हो र कसरी सर्छ? डा. उत्सव शर्मा
यौनरोग के हो र कसरी सर्छ? डा. उत्सव शर्मा
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै
सहकारी पीडितको समस्या समाधान गर्न माग
सहकारी पीडितको समस्या समाधान गर्न माग
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग

तपाईंले छुटाउनुभयो कि?