भोली मन्त्रीमण्डल पुनर्गठन हुने, यी ५ मन्त्रीले पाउँदैछन् बिदाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
भोली मन्त्रीमण्डल पुनर्गठन हुने, यी ५ मन्त्रीले पाउँदैछन् बिदाई

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् ।
  • आज बसेको मन्त्रिपरिषद बैठकमा उनले मन्त्रीहरुलाई यस्तो जानकारी गराएका हुन् ।
  • ओलीले भोलि (बुधबार) मन्त्रिमण्डल पूनर्गठन गर्ने जनाउँदै सार्वजनिक कार्यक्रममा कतैपनि नजान आग्रह गरेको बालुवाटार सूत्रले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकमा उनले मन्त्रीहरुलाई यस्तो जानकारी गराएका हुन् । ओलीले भोलि (बुधबार) मन्त्रिमण्डल पूनर्गठन गर्ने जनाउँदै सार्वजनिक कार्यक्रममा कतैपनि नजान आग्रह गरेको बालुवाटार सूत्रले जनाएको छ ।

आजको मन्त्रिपरिाषद बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई क्याबिनेट रिसफल गर्न दबाब रहेको सुनाएका थिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, “मलाई मन्त्रिपरिषद पूनर्गठन गर्न दबाब छ । तपाईहरु मन्त्री भएको पनि २१ महिना पूरा भयो, यो अवधिमा के के गर्नुभयो ? भनेर समिक्षा गर्नुभयो होला, तपाईहरुमध्ये केही दोहोरिनुहुन्छ होला । जे होस, भोलि म रिसफल गर्छु । सार्वजनिक कार्यक्रममा कतैपनि नजानु होला ।”

विश्वस्त सूत्रले दिएको जानकारीअनुसार भोलि प्रधानमन्त्री ओलीले पाँच मन्त्री र दुई राज्यमन्त्रीलाई विदाई गर्दैछन् । यसरी विदाई हुने मन्त्रीमा लालबाबु पण्डित, थममाया थापा, मातृका प्रसाद यादव, चक्रपाणि खनाल र गोकर्ण विष्ट रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?