नेपालले यूएइलाइ चार विकेटले पराजित गर्‍याे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
१०
|
२८ पटक हेरिएको
Shares
नेपालले यूएइलाइ चार विकेटले पराजित गर्‍याे !

सारांश

  • काठमान्डौं– नामिबियामा जारी आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालले दोस्रो जित हात पारेको छ।
  • आफ्नो तेस्रो खेलमा नेपालले आइतबार यूएइलाइ चार विकेटले पराजित गर्‍यो ।
  • नेपालले तीन खेलबाट चार अ‌क जोडेको छ।

काठमान्डौं– नामिबियामा जारी आईसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा नेपालले दोस्रो जित हात पारेको छ। आफ्नो तेस्रो खेलमा नेपालले आइतबार यूएइलाइ चार विकेटले पराजित गर्‍यो ।नेपालले तीन खेलबाट चार अ‌क जोडेको छ। शीर्षस्थानमा रहेको क्यानडाले तीन खेलबाट ६ अ‌क बटुलेको छ।६ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोली एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्।

पहिलो खेलमा नामिबियालाइ एक विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा सोमबार केन्याको सामना गर्ने छ।vटस जितेपछि पहिला बलिङ गरेको नेपालले यूएइलाइ ३१ ओभरमा एक सय १४ रनमा समेटेको थियो ।

नेपालले २८ ओभर पाँच बलमा ६ विकेट गुमाएर लक्ष पुरा गर्‍यो। कप्तान पारस खड्का ५१ रन बनाएर आउट भए। उनले ४८ बलमा पाँच छक्का र दुइ चौका हिर्काए। आरिफ शेखले १६, रोहित पौडेलले अविजित १२ र सोमपाल कामीले अविजित १० रन बनाए। दिलिप नाथ दुइ, ज्ञानेन्द्र मल्ल पाँच , दीपेन्द्रसिह एेरि चार र शरद भेषावकर तीन रनमा आउट भए। पहिलो विकेट नौ र दोस्रो विकेट १० रनमा गुमाएको नेपालले तेस्रो विकेट २० चौथो विकेट ४६ र पाँचौ‌ विकेट ७६ रनमा गुमाएको थियो । आरिफ र रोहितबीच छैटौ विकेटका लागि २७ रनको साझेदारी गरेका थिए।

त्यसअघि यूएइलाइ सस्तोमा समेट्न नेपालका सोमपाल कामीले चार , सन्दिप लामिछानेले तीन तथा पारस खड्काले दुइ तथा करन केसीले एक विकेट हात पारे।

यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे। सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन्। उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो ।

सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए। सोही स्थितीमा करनले रोहन मुस्ताफालाई सात रनमा आउट गरे। १८ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले दोस्रो र तेस्रो बलमा विकेट लिएका हुन् । उनले आफ्नो तेस्रो ओभरमा साइमान अनवरलाइ ब्यक्तिगत ३० रनमा आउट गरे। तीन खेल खेलेको केन्याले एक र दुइ खेल खेलेको नामिबियाले पनि एक अ‌क जोडेको छ। ओमानको दुइ खेलबाट दुइ अ‌क छ। अर्को खेलमा नामिबिया र ओमान भिडिरहेका छन्।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Raju Acharya

    ब्याटिड़ गर्

    Comment Author

    Raju Acharya

    ब्याटिड़ गर्

    Comment Author

    Raju Acharya

    ब्याटिड़ गर्

    Comment Author

    Balbahadur Kadayat

    Good prayash

    Comment Author

    Balbahadur Kadayat

    Good prayash

    Comment Author

    Balbahadur Kadayat

    Good prayash

    Comment Author

    Tanka Saru

    Good news

    Comment Author

    Tanka Saru

    Good news

    Comment Author

    Tanka Saru

    Good news

    Comment Author

    Parshu Rai

    Paras khadka lai bises dhanyabad ani sampurna nepali khela dilai badhai tatha dhanyabad pani …It’s good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?