मन्त्री बने लगत्तै नेपालमा तरंग ल्याउने एस. जयशंकर को हुन् ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १८, २०७६
|
|
१६ पटक हेरिएको
Shares
मन्त्री बने लगत्तै नेपालमा तरंग ल्याउने एस. जयशंकर को हुन् ?

सारांश

  • मोदी सरकारमा विहिबार मन्त्री पदमा नियुक्त भएदेखि नेपालमा सर्वाधिक चासो प्रकट गरिएका एस.
  • जयशंकर भारतका विख्यात कूटनीतिज्ञ हुन् ।
  • अन्तराष्ट्रिय जगतमा भारतको छबी उजिल्याउन उनको ठूलो योगदान रहेको भारतीय राजनीति वृत्तमा चर्चा हुने गर्छ ।

मोदी सरकारमा विहिबार मन्त्री पदमा नियुक्त भएदेखि नेपालमा सर्वाधिक चासो प्रकट गरिएका एस.जयशंकर भारतका विख्यात कूटनीतिज्ञ हुन् । अन्तराष्ट्रिय जगतमा भारतको छबी उजिल्याउन उनको ठूलो योगदान रहेको भारतीय राजनीति वृत्तमा चर्चा हुने गर्छ । भूकम्प पछि थिल्लिएको नेपालमा नाकाबन्दी लगाउने डिजाइनरका रुपमा पनि लिइन्छ एस. जयशंकरलाई ।

उनै एस. जयशंकर भारतको विदेशमन्त्रीमा नियुक्त भएसँगै नेपालमा विभिन्न कोण र आयामबाट यसको चर्चा परिचर्चा भइरहेको छ । उनले विदेश मन्त्रालय सम्हालेपछि भारतको नेपाल प्रतिको विदेश नीतिमा परिवर्तन होला कि भन्ने आशंका पनि गर्न थालिएको छ ।

को हुन् एस. जयशंकर ?
एस जयशङ्करले आफ्ना बुवा सुब्रमण्यमबाट विरासतमा कूटनीतिक दक्षता पाएका हुन् । उनको नाम भारतका प्रमुख रणनीतिक विश्लेषकहरूको पंक्तिमा आउँदछ ।
मोदी नेतृत्वको सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर जयशङ्करलाई नियुक्त गरेको थियो ।

जयशङ्करले राजनीतिशास्त्रमा एमफिल गरेका छन् भने जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। परमाणु कूटनीतिमा उनको विशेषज्ञता छ । विदेश सेवामा सन् १९७७ को ब्याचका जयशङ्करको पहिलो नियुक्ति रुसस्थित भारतीय दूतावासमा रह्यो । विदेश मन्त्रालयको उपसचिव पद सम्हाल्नुका साथै उनी संयुक्त राज्य अमेरिकाका लागि भारतीय दूतावासका प्रथम सचिव पनि रहिसकेका छन् ।

त्यसपछि उनले जापान र चेक गणतन्त्रमा भारतीय राजदूत पद सम्हाले। उनी चीनका लागि पनि भारतीय राजदूत रहिसकेका छन् । चीनसँग सम्वादमार्फत् डोकलाम गतिरोध अन्त्य गराउनमा जयशङ्करको ठूलो भूमिका रहेको बताइन्छ ।

भारत(अमेरिका गैरसैनिक परमाणु सम्झौता बारेको वार्तामा पनि उनले महत्वपुर्ण भूमिका निर्वाह गरे । यसै वर्ष उनी पद्मश्री सम्मानबाट पनि सम्मानित भएका थिए । मोदी नेतृत्वको मन्त्रिपरिषद्मा जयशङ्कर मात्रै एक जना गैरराजनीतिक व्यक्ति हुन् ।

बाहिरका मान्छेहरूले सरकारमा जयशङ्करको प्रवेशलाई आश्चर्यका रूपमा लिए पनि उनी मोदीका नजिकका पूर्वप्रशासक थिए । त्यसको पुष्टि यो कुराबाट पनि हुन्छ कि विदेश सचिवका रूपमा सन् २०१७ मै उनको कार्यकाल सकिने भए पनि त्यसलाई सन् २०१८ सम्म बढाइयो ।

सन् २०१८ सम्ममा लगभग प्रत्येक विदेश भ्रमणमा उनी मोदीको भ्रमण दलमा हुन्थे । सन् २०१८ मा अवकाश पाएपछि एस जयशङ्करले टाटा समूहको विश्व कर्पोरेट मामिलाका अध्यक्षका रूपमा पनि काम गरेका छन् । विबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो
निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति छैन: प्रधानमन्त्री ओली
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
चितवन जानुअघि शालिकरामले एक पत्रकारलाई फोन गरेर भनेका थिए– ‘पुर्वप्रेमीकाले तनावमा पारिन्’
भरतपुर महानगरमा एकहप्ता लकडाउन
भरतपुर महानगरमा एकहप्ता लकडाउन
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ : मन्त्री आले
आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ : मन्त्री आले
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
मृत्युसँग लड्नु भएको छ ? मृत्युसँग लडिरहेकी रोल्पाली चेलीलाई रोल्पालीकै साथ (समाचार शेयर गरेर तपाई पनि सहयोग गर्नुहोस्)
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण जरुरी : सभामुख घर्ती
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद

तपाईंले छुटाउनुभयो कि?