मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
५१ पटक हेरिएको
Shares
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला

सारांश

  • बागमती ।
  • मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ ।
  • अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो ।

बागमती । मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ ।

अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा र नयाँ एक हजार पाँच सय आठ मुद्दा दर्ता भई कूल दई हजार सात सय २८ मुद्दा रहेकामा त्यीमध्ये ४७ प्रतिशत मुद्दा फैसला भएको अदालतको एक तथ्याङ्कले जनाएको छ ।

श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग र अन्य गरी चार भागमा प्रकृतिअनुसार मुद्दा विभाजन गरीे फैसला गरिएको छ । सरल मार्गअन्तर्गत छ महिनासम्म रहेका मुद्दा, सामान्य मार्गमा एक वर्षसम्म रहेका मुद्दा, विशेष मार्गमा १८ महिनासम्म रहेका मुद्दा पर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढी समय लाग्ने मुद्दा पर्छ ।

अदालतमा रहेका एक हजार दुई सय ९७ मुद्दामध्ये सरल मार्गका तीन सय ३४ मुद्दा फैसला भएको छ । सामान्य मार्गका पाँच सय ६५ मुद्दा, विशेष मार्गका दुई सय २४ मुद्दा र अन्य एक सय ७४ मुद्दा फैसला भएको हो । साथै सरल मार्गका छ सय ६२ मुद्दा, सामान्य मार्गका चार सय ८२ मुद्दा, विशेष मार्गका एक सय ९० मुद्दा र अन्य ९५ मुद्दा फैसला हुन बाँकी रहेको उहाँले जानकरी दिए । गत सोमबार एकै दिन चार न्यायाधीशबाट १५ वटा मुद्दा फैसला भएको बताइएको छ । त्यसदिन ५६ वटा मुद्दाको पेशी भएकोमा २७ वटामा आदेश जारी भएको र १२ वटा मुद्दा स्थगित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चित्त दुखाउँदै नेपाल छोडे यी राजदुतले
चित्त दुखाउँदै नेपाल छोडे यी राजदुतले
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने
एकीकृत समाजवादी तत्काल सरकारमा नजाने
 पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
 पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री  महासेठलाइ हटाउन यस्ताे पत्र !
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाइ हटाउन यस्ताे पत्र !
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
सहकारीको बचत ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थप्ने तयारी
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो
प्रत्यक्षतर्फको मतपत्र छपार्इ सुरु,समानुपातिकको सकियो