‘मधेशी नागरिकसँगको मेराे प्रेम सच्चा छ’: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
‘मधेशी नागरिकसँगको मेराे प्रेम सच्चा छ’: प्रचण्ड

सारांश

  • महोत्तरी ।
  • पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी नागरिकसँगको प्रेम सदैव रहने बताएका छन् ।
  • महोत्तरीको रामगोपालपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले मधेससँग गर्दै आएको प्रेम सच्चा रहेको बताएका हुन् ।

महोत्तरी । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी नागरिकसँगको प्रेम सदैव रहने बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले मधेससँग गर्दै आएको प्रेम सच्चा रहेको बताएका हुन् ।

उनले केही भिलेनहरुले आफूहरुकोबीचमा दरार बनाउने काम गरिएकोले अब असन्तुष्ट मधेशी नागरिक पुनः आफूहरुमाथि विश्वास गर्दै आएको बताए ।

आफू प्रधानमन्त्री रहेको समयमा मधेशलाई विश्वासमा लिन र उनीहरुको माग सम्बोधन गर्न तत्पर रहँदै आएको अध्यक्ष प्रचण्डको दाबी छ । प्रधानमन्त्री रहेका बेला मधेशी नागरिकको जायज माग सम्बोधन गर्न अधिक अभ्यास गरेको बताउँदै प्रचण्डले मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र चुनावमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबी समेत गरे ।

यसअघि अध्यक्ष प्रचण्डले फेरी संबिधान संशोधन प्रस्ताव केन्द्रीय व्यवस्थापिका सदनमा ल्याईने बताएका छन् । धनुषाको सहीद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गरे ।

‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिश गरे । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजामहाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।’ प्रचण्डले भने– ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेन्टी गरिनेछ ।’

संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याई पुरयाउन सफल भएको बताउँदै प्रचण्डले भने, ‘संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संविधान केही होईन भन्ने होईन, सामाजिक न्याय, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता कुरालाई यसले संस्थागत गरेको छ । अब प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी मुद्दालाई संशोधनमार्फत हल गरेर यसको सर्वस्वीकार्यता बनाउन हाम्रो कोशिस हुनेछ ।’

स्थानीय तह, माओवादी जनसत्ताकै अर्को स्वरूप
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन चानचुने उपलब्धि नभएको बताए । यो पञ्चायती चुनाव जस्तो या गाविस अध्यक्ष चुने जस्तो नभइ स्थानीय सरकारको चुनाव भएकोले यसको महत्व बुझन अपिल गरे ।

‘तपाईहरूले गाउँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनुभएको छ । यो २० वर्षपछिको पहिलोपटक हुन गईरहेको र गुणात्मक रूपले फरक–फरक ऐतिहासिक चुनाव हो ।’ प्रचण्डले भने, ‘हिजो हामीले जनसत्ता र जनसरकार सञ्चालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, वैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।’

आम जनताले यो स्थानीय तहको महत्व बुझन नसके गलत तत्वहरूको हातमा स्थानीय सत्ता पुग्ने खÞतरातर्फ इंगित गर्दै प्रचण्डले परिवर्तनकारी पार्टीलाई मत दिन अपील गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
शुक्रबार बसेको मन्त्रीपरिषदको निर्णय: विदेशी लगानीको न्युनतम सीमा २ करोड तोकियो
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
विकासका लागि रोल्पाका जनप्रतिनिधि एउटै थलोमा
विकासका लागि रोल्पाका जनप्रतिनिधि एउटै थलोमा
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा
शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा
Diljit Dosanjh and Taapsee Pannu’s Soorma song ‘Ishq Di Baajiyaan’ is a soulful track!
Diljit Dosanjh and Taapsee Pannu’s Soorma song ‘Ishq Di Baajiyaan’ is a soulful track!

तपाईंले छुटाउनुभयो कि?