अख्तियारमा स्थानीय तहका उजुरी धेरै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अख्तियारमा स्थानीय तहका उजुरी धेरै

सारांश

  • महेन्द्रनगर, माघ २९ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् ।
  • कार्यालयका अनुसार डोटी जिल्लाका सङ्घसंस्था र स्थानीय तहका योजनामा अनियमितता भएको भन्दै यो वर्ष ३८९ उजुरी परेका छन् ।

महेन्द्रनगर, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । कार्यालयका अनुसार डोटी जिल्लाका सङ्घसंस्था र स्थानीय तहका योजनामा अनियमितता भएको भन्दै यो वर्ष ३८९ उजुरी परेका छन् । तीमध्ये शिक्षा क्षेत्रका मात्रै २४१ वटा उजुरी परेका छन् ।

जिल्लाका स्थानीय तहमा अनियमितता भइरहेका उजुरी विगतभन्दा बढी आइरहेको आयोगको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्ट बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा स्थानीय तहमा अनियमितताका उजुरी १२÷१५ आउँथे भने अहिले त सिधै एक सयभन्दा बढी आउन थालेका छन् ।” एउटै योजनामा दोहोरो भुक्तानी लिने, उपभोक्ता समिति गठनमा आफ्ना कार्यकर्ता राख्ने तथा गुणस्तरहीन काम गरेको भन्दै उजुरी आउने क्रम बढेको सूचना अधिकारी विष्टको भनाइ छ ।

डोटीमा दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहको ढुकुटीबाट खर्चिएका मध्ये रु १३ करोड ७४ लाख बेरुजु देखिएको छ । विसं २०७४÷७५ मा आएको रु दुई अर्ब ६७ करोड ५७ लाख तीन हजार कूल बजेटमध्ये सो रकम बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्षमा जिल्लाभर सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाको रकम बेरुजु देखिएको छ । नगरको रु ४६ करोड ५० लाख १९ हजार बजेटमध्ये रु पाँच करोड एक लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

त्यस्तै पूर्वीचौकी गाउँपालिकाको रु दुई करोड १३ लाख नौ हजार, शिखर नगरपालिकाको रु ५६ लाख, बोगटान गाउँपालिकाको रु एक करोड ४७ लाख १६ हजार, सायल गाउँपालिकाको रु एक करोड ६ लाख २२ हजार, आदर्श गाउँपालिकाको रु एक करोड ५५ हजार, केआई सिंह गाउँपालिकाको रु ९६ लाख १४ हजार, बडीकेदार गाउँपालिकाको रु ८५ लाख ३६ हजार र जोरायल गाउँपालिकाको रु ६७ लाख ३२ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाउपडी मान्नेको सुविधा कटौती गरिने
छाउपडी मान्नेको सुविधा कटौती गरिने
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
नेपाललाई पहिलो सफलता
नेपाललाई पहिलो सफलता
राष्ट्रकवि  घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !
राष्ट्रकवि घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
योग आफूले आफैँलाई बुझ्ने परमसाधनाको सूत्र हो:  कार्यवाहक प्रधानमन्त्री पोखरेल
योग आफूले आफैँलाई बुझ्ने परमसाधनाको सूत्र हो: कार्यवाहक प्रधानमन्त्री पोखरेल
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
अमुल्य सम्पदा कसरी नष्ट गर्दैछ बाँदरले ?
अमुल्य सम्पदा कसरी नष्ट गर्दैछ बाँदरले ?
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स

तपाईंले छुटाउनुभयो कि?