जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
सारांश
- काठमाडौं।
- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको प्रधानमन्त्रीलाई महशुस भएका दिन मन्त्रीबाट हट्ने बताएका छन्।
- बिहीबार तत्कालीन एमाले कार्यलय बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न पुगेका मन्त्री भट्टराईले आफू असफल भएको महशुश प्रधानमन्त्रीलाई भयो भने आफू पछि हट्ने बताएका हुन्।
काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको प्रधानमन्त्रीलाई महशुस भएका दिन मन्त्रीबाट हट्ने बताएका छन्। बिहीबार तत्कालीन एमाले कार्यलय बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न पुगेका मन्त्री भट्टराईले आफू असफल भएको महशुश प्रधानमन्त्रीलाई भयो भने आफू पछि हट्ने बताएका हुन्।
‘प्रधानमन्त्रीले मलाइ विश्वास गरेर जुन जिम्मेवारी दिनु भएको छ, त्यो विश्वासलाई कुठाराघत हुन दिने छैन,’ संचारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम गर्न सकिने, मैले अगाडि बढाउन सकिने भन्ने प्रधानमन्त्रीलाई महशुश भयो भने त्यो दिन प्रधानमन्त्रीले मलाइ भन्नु हुनेछ, त्यो दिन म पछाडि हट्छु।’
उनले आफू मन्त्रीमा नियुक्त भएपछि सामाजिक संजालमार्फत धेरै ठूलो बधाइ आएको उल्लेख गर्दै त्यो शुभकामना नै आफ्नो लागि चुनौती भएको बताए। उनले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले सुरु गरेका कामलाई आफूले अगाडि बढाउने उल्लेख गर्दै मन्त्रालयमा भएका विसंगति र विकृतिलाई आफूले पन्छाएर अगाडि बढ्ने बताए।
प्रतिक्रिया