मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
२५ पटक हेरिएको
Shares
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

सारांश

  • काठमाडाैं ।
  • मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मङ्गलवारका लागि तय गरिएको छ ।
  • आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण सङ्घीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो ।

काठमाडाैं । मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मङ्गलवारका लागि तय गरिएको छ ।

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण सङ्घीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो ।

यसअघि आज दिउँसो १:०० बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मङ्गलवार दिउँसो १ बजेका लागि बैठक सारिएको बताउनुभयो ।

मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिनुभयो ।

गत बुधवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली काँग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ अमेरिकामा नेपालीको अवस्था
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
झापामा वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे
झापामा वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे
चुनाव जित्ने ओलीको १८ बुँदे आधार
चुनाव जित्ने ओलीको १८ बुँदे आधार
उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चको अल्पकालिन आदेश
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
पुरुषले नर्सिङ पढ्न आरक्षण कोटा पाए, अब ‘पुरुष नर्स’
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित  !
ताजा अप्डेट -अहिलेसम्मको कसले कहाँ कहाँ जिते ? हेर्नुहोस नाम लिस्ट सहित !
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै सभामुख र राष्ट्रपतिको टुङ्गो लागिसकेको छ, कांग्रेसले आस नगरे हुन्छ : गोकर्ण विष्ट
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल
कसैको खल्तीको चिटबाट योजना बनाउने दिन गए : डा. फुयाल

तपाईंले छुटाउनुभयो कि?