माइनस ७ डिग्री जाड़ोका कारण बरफ जमेको पानीमा मनाइयो छठ
सारांश
- काठमाडाै, २ मंसिर।
- सात समुद्र पारी अमेरिकामा लोक आस्थाको महापर्व छठ मनाइएको छ ।
- यो लोक-पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा छठ आयोजन गरेका थिए ।
काठमाडाै, २ मंसिर। सात समुद्र पारी अमेरिकामा लोक आस्थाको महापर्व छठ मनाइएको छ । यो लोक-पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा छठ आयोजन गरेका थिए ।
११ नोवेम्बर का दिन “नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजाआजा गरेर मनाइयो। १३ नोवेम्बर का दिन “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र १४ नोवेम्बेर बिहान का दिन उग्दै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो। न्यूयोर्क महानगर, बोस्टन, कनेटिकट का मधेशी समुदाय का साथै विश्वभरीका छठ पर्वमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति रहेकाे थियाे। भारी हिमपातका बीच पनि करीब ७५ श्रद्धालुहरुले सूर्य भगवानको पूजा गरे। चाखलाग्दो कुरा के रह्यो भने माइनस ७ डिग्री जाड़ोका कारण जमिसकेको पोखरीलाई हीटर लगाएर पगालियेको थियो। “दौरा”, “सूप”, नांग्लो, “बहंगी”, इत्यादिको व्यवस्था अमेरिकामा रही आएका गयाना देशका समाजले गरेको थियो। छठ व्रतालु सिम्रौनगढ़ की निर्मला सिंहले जमेको पोखरीमा गएर सूर्य देवीलाई अर्घ्य दीइन। बिहार, उतर प्रदेश, पश्चिम बंगाल, दिल्ली का साथै दक्षिण भारतीयहरू र स्थानीय अमेरिकीहरुले समेत सूर्य भगवान लाई नमन गरेका थिए।
विश्वमा मधेसी संस्कृति र कला पहिचानको संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, र छठ पर्व का संजोयक प्रशान्त साह को अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो। विभिन्न कार्यक्रम मार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेश मा हर संभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिका संधै साथ रही रहने कुराको जानकारी विजय चंद्रले गराउनु भयो ।

प्रतिक्रिया