यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार

सारांश

  • काठमाडाै, २४ मंसिर।
  •   बेचिएर यौन दासी बनेकी एक चेली जसले आफ्नो पीडामा शोक गरेर नबसी आफू र अरुहरुको न्यायका लागि आवज वुलन्द बनाएकी छन् ।
  • यी कामको कदर स्वरुप उनले सन् २०१८ को नोबेल शान्ति पुरस्कार पाउँदै छिन्, इराककी नादिया मुराद ।

काठमाडाै, २४ मंसिर।   बेचिएर यौन दासी बनेकी एक चेली जसले आफ्नो पीडामा शोक गरेर नबसी आफू र अरुहरुको न्यायका लागि आवज वुलन्द बनाएकी छन् । यी कामको कदर स्वरुप उनले सन् २०१८ को नोबेल शान्ति पुरस्कार पाउँदै छिन्, इराककी नादिया मुराद । यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेगले पाउँदैछन् सोमबार नर्वेको ओस्लोमा हुने विशेष समारोहका बिच ।

इराकको कोजोकी नादिया २५ वर्षकी भइन् । नोबेल शान्ति पुरस्कारसम्मको यात्राको क्रममा उनले बोल्न नसकिने वा भन्न नसक्ने पीडा भोगेकी छन् । अल्पसंख्यक यजिदी समुदायकी नादियाले साहसका साथ आफ्नो कथा भनेकी छन् । उनी सन् २०१४ मा अपहरणमा परेकी थिइन् । अरु यजिदी महिला तथा युवती र किरोशीसँगै अपहरणमा परेकी नादियामाथि बलात्कार भयो । उनी बेचिइन् र यौन दासीका रुपमा प्रयोग गरियो । उनीहरुलाई बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का लडाकुले अपहरण गरेका थिए ।

यसरी अपहरणमा पर्नेमा नौ वर्षका बालिका पनि छन् । झण्डै सात हजार यजिदी महिला तथा किशोरीलाई यौन दासीको रुपमा प्रयोग गरेका थिए । त्यसध्ये तीन हजार जना अहिले परिवारमा फर्किएका छन् । एक हजारलाई पुनर्स्थापना गरिएको छ भने तीन हजार महिला तथा किशोरी अझै बेपत्ता छन् । नादिया जस्तै लामिया एजी बाशर पनि धेरै पटक किनिइन् र बेचिइन् । ल्याण्ड माइनले उनी नराम्रोसँग घाइते भइन् । अहिले उनी स्वतन्त्र भएकी छन् र सचेतनाका लागि बोल्न थालेकी छन् ।

अपहरण गरिएका महिला तथा किशोरीहरुलाई बजारमा लगेर बेच्ने गरिएको खुलेको थियो । उनीहरुको मोलतोल हुने गर्थ्यो । महिला तथा किशोरीहरुलाई ह्वाट्स एपसहितका सामाजिक सञ्जाल मार्फत पनि किन्ने वा बेच्ने गरिएको थियो ।इराकको उत्तरी क्षेत्रमा बस्दै आएका आदिवासी यजिदीमाथि आइएसले सन् २०१४ मा ज्यादती सुरु गरेको हो । त्यहाँ हजारौँको आमहत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । आइएसले धार्मिक रुपमा अल्पसंख्यक यजिदी समुदायलाई घृणा गर्ने गरेका थिए । यौन दासीका रुपमा प्रयोग गरिएका महिला तथा किशोरीमाथि उनीहरुले गर्ने व्यवहार निकै भयानक र डरलाग्दो हुने गरेको थियो । केहीको हत्या पनि भएको छ । आइएसको हिंसाका कारण विस्थापित भएका यजिदीहरु अहिले क्याम्पमा छन् । उनीहरुलाई आधारभूत आवश्यकताकै अभाव छ । आइएसको चङ्गुलबाट मुक्त भएकी नादियाले अहिले यजिदीका लाग विश्वव्यापी अभियान चलाउँदै आएकी छन् ।यहि प्रयासका लागि उनले नोबेल शान्ति पुरस्कार पाएकी हुन् । आइएसबाट भयानक यातना भोगेका सबै यजिदी महिला तथा किशोरीका लागि न्यायको माग गर्दै उनले अभियान चलाएकी छन् ।नादियालाई आइएसका लडाकुले सन् २०१४ को सेप्टेम्बरमा अपहरण गरेका थिए र उनलाई यौन दासीका रुपमा प्रयोग गरिएको थियो । तर उनी त्यहि वर्षको नोभेम्बरमा आइएसको पकडबाट भाग्न सफल भइन् र न्यायका लागि वकालत गर्न थालिन् । उनले आफूमाथि भएको घटनाका बारेमा सन् २०१५ को डिसेम्बर १६ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा बताएकी थिइन् । उनले आफ्नो अनुभवलाई समेटेर ‘द लास्ट गर्ल : माई स्टोरी अफ क्याप्टिभिटी, एण्ड माई फाइट एग्नेस्ट द इस्लामिक स्टेट’ नामक पुस्तक लेखेकी छन् ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा
अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा
मान्छे एकजना, जिम्मेवारी ६ वटा
मान्छे एकजना, जिम्मेवारी ६ वटा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
नेप्सेमा उच्च अङ्कको गिरावट
नेप्सेमा उच्च अङ्कको गिरावट
भदौ ११ गते बिहिवारको राशिफल यस्तो छ
भदौ ११ गते बिहिवारको राशिफल यस्तो छ
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
सुस्त रहेको बजार अब सहज र चलायमान हुने