कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसको प्रवक्तामा  विश्वप्रकाश शर्मा

सारांश

  • काठमाडौं : कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् ।
  •  प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
  • यसअघि कांग्रेस प्रवक्ताको रुपमा गगन थापाको नाम चर्चामा थियो ।

काठमाडौं : कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यसअघि कांग्रेस प्रवक्ताको रुपमा गगन थापाको नाम चर्चामा थियो । कांग्रेसका चर्चित युवा नेता शर्मा प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका हुन् ।निर्वाचनमा पराजित हुँदा पनि प्रतिद्वन्द्वीलाई मित्रतापूर्ण व्यवहार गरेको भन्दै शर्माको चौतर्फी प्रशंसा भएको थियो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि शर्मा २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन् । शर्मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष समेत हुन् । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?