विधानमा सहमति जुटाउँदै कांग्रेस

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
विधानमा सहमति जुटाउँदै कांग्रेस

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • नेपाली काग्रेसको विधान मस्यौदामाथिको अन्तिम टुंगो लगाउन आजपनि केन्द्रीय समिति बैठक बसिरहेको छ ।
  • मंसिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा संशोधित विधानमा देखिएका मतान्तरलाई समाधान गर्न बैठकले प्रयास गर्नेछ ।

काठमाडौं, २४ मंसिर । नेपाली काग्रेसको विधान मस्यौदामाथिको अन्तिम टुंगो लगाउन आजपनि केन्द्रीय समिति बैठक बसिरहेको छ । मंसिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा संशोधित विधानमा देखिएका मतान्तरलाई समाधान गर्न बैठकले प्रयास गर्नेछ ।

संशोधित विधानमा पदाधिकारी संख्या र सभापतिको क्षेत्राधिकारका बिषयमा मतभेद रहँदै आएको छ । संस्थापन र इतर पक्षले पदाधिकारी मनोनितबारे फरक मत राखेपछि करिब १४ दिन देखिको छलफल निष्कर्षमा पुग्न सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाले सभापतिको अधिकारलाई खुम्च्याउन नमिल्ने भन्दै मनोनितको संख्या घटाउन नमिल्ने अडान लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीको तल्लो तहदेखि नै निर्वाचित प्रणालीको विकास गर्नुपर्ने अडान कायम राखेका छन् ।

मंसिर २९ गतेदेखि महासमिति बैठक बोलाएको कांग्रेसले विधान मस्यौदामा सहमति जुटाउन सकेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको पुरानै विधानमा आधारित भएर महासमिति बैठक बोलाइने बताए । नयाँ विधानमा सहमति जुटाउने प्रयास जारी रहेको बताउँदै उहाँले छिट्टै निष्कर्षमा पुगिने दाबी गरे ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?