चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०७४
|
|
७०४ पटक हेरिएको
Shares
चुनाव लड्न धमाधम राजिनामा दिदै शिक्षक देखि सरकारी कर्मचारी

सारांश

  • स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् ।
  • १० जना शिक्षकले जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाइसकेका छन् ।
  • राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । १० जना शिक्षकले जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाइसकेका छन् ।

राजीनामा दिनेहरुमा एमाले निकट शिक्षक संगठनका अध्यक्ष विशाल पौडेल र सदस्य हरि घिमिरे छन् । पौडेलले वडाध्यक्ष र घिमिरेले चम्पादेवी गाउँपालिकाको अध्यक्षको टिकट पाउने भएपछि राजीनामा दिएका हुन् । पार्टीको आग्रहमा आफूले राजीनामा दिएको पौडेलले बताए ।
त्यस्तै स्थानीय चुनाव लड्न शिक्षक संघका तीर्थ घिमिरले राजीनामा दिएका छन् । उनी सिद्धिचरण नपाको १ नं वडामा अध्यक्ष लड्दैछन् ।

त्यस्तै शिक्षक संघका वेदबहादुर रोक्काले खिजीदेम्वा गाउँपालिका प्रमुखको टिकट पाउने भएपछि राजीनामा दिने तयारी गरेका छन् । राजीनामा दिने शिक्षकहरुमा कांग्रेस निकटका धेरै छन् ।

माम्खाका लोकबहादुर राई, मूलखर्कमा मोहन तामाङ, बलखुमा केशव लुइटेलले राजीनामा दिएका छन् । माओवादी केन्द्र निकटका देवराज श्रेष्ठ र धनश्याम दाहालले पनि राजीनामा दिएका छन् । पार्टीलेे वडा अध्यक्षको उम्मेदवार बनाउने भएपछि राजीनामा गरेर चुनाव प्रचारमा लागेका छन् ।

पार्टीमा क्रियाशिल कार्यकर्ताहरुले भने जागिरेहरुलाई टिकट दिन नहुनेमा पार्टी नेतृत्वलाई दबाव दिइरहेका छन् ।

उर्जावान् समय पार्टीमा लगानी गरेकालाई पन्छाएर जागिरेहरुलाई टिकट दिए विद्रोह हुने खिजीदेम्वा गाउँ पालिकाका एक काँग्रेस नेताले बताए । उनले कांग्रेसमा सयौं योग्य नेताहरु भए पनि जागिरेलाई टिकट दिए सक्रिय कार्यकर्ताहरुले विद्रोह गर्ने बताए ।

जिल्ला शिक्षा कार्यालयले राजीनामा धमाधम आए पनि प्रयोजन भने नखुलेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?