मप विश्वविद्यालयमा तालाबन्दी
सारांश
- काठमाडौं, २३ मंसिर ।
- सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरिएको छ ।
- नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बित गरी छानविन समिति गठन गरेको विरोध गर्दै विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आज विहान ताला लगाएका हुन् ।
काठमाडौं, २३ मंसिर । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बित गरी छानविन समिति गठन गरेको विरोध गर्दै विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आज विहान ताला लगाएका हुन् ।
विद्यार्थीले प्रशासन र पठन पाठन बन्द गर्न आह्वान गर्दै नारा जुलुस समेत गरेका छन् । नेविसंघले आन्दोलनको कारक उपकुलपति भएको आरोप लगाएको छ ।
नेविसंघ इन्जिनियरिङ क्याम्पस समितिका कार्यवाहक अध्यक्ष राजन केसीले उपकुलपतिले विधि र पद्दती बाहिर गई रजिष्ट्रारको उपस्थिती बिना नियुक्तिहरु गरेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए ।
विश्वविद्यालयले यहि मंसिर २० गते रजिष्ट्रार मल्ललाई निलम्बित गरी सहप्राध्यापक यामबहादुर कार्कीलाई रजिष्ट्रार नियुक्त गरिएको थियो । मल्ल हाल छानविनको प्रक्रियामा छन् ।
यस्तै, आन्दोलनको प्रतिकार गर्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्रले पठन पाठन शुरु गर्नुपर्ने भन्दै छुट्टै नाराजुलुस गरेको अनेरास्ववियुका नेता निकुञ्ज पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया