ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन-देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२९ पटक हेरिएको
Shares
ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन-देउवा

सारांश

  • २१ मंसिर, डडेल्धुरा ।
  • प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् ।
  • मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे ।

२१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए ।

‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु,’ देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’

देउवाले अघि भने, ‘चुनाव सर्दैछ भन्नेहरुको मुख बन्द हुनुपर्ने हो ।’

उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गरे । प्रदेश नम्बर ७ मा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको उनले बताए।

आफू काठमाडौं फर्किनेबित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए ।

निर्वाचनको लागि गृहजिल्ला आएका देउवा मतदान गरेर कैलाली हुँदै काठमाडौं जाने योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावलीको अन्तिम सूचीमा  तपाईको नाम छ कि छैन ? हेर्नुस्
मतदाता नामावलीको अन्तिम सूचीमा तपाईको नाम छ कि छैन ? हेर्नुस्
भोली शनिबार पनि बैंकहरु खुल्ने
भोली शनिबार पनि बैंकहरु खुल्ने
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर
कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

तपाईंले छुटाउनुभयो कि?