प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

सारांश

  • काठमाडौं।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई डिस्चार्ज गरिएको छ।
  • भाइरल ज्वरोका कारण माघ ६ गते ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी सिता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि सोमाबर डिस्चार्ज गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।
काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई डिस्चार्ज गरिएको छ। भाइरल ज्वरोका कारण माघ ६ गते ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी सिता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि सोमाबर डिस्चार्ज गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। 
उनलाई आइतबार आइसियूबाट जनरल वार्डमा सारिएको थियो। सिताको उपचारमा संलग्न डाक्टर अशोक शर्माका अनुसार  जनरल वार्डमा सारिएपछि सिताको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको हो।
एकमात्र पुत्र प्रकाश दाहालको निधन भएपछि शोकमा रहेकी सिता लामो समयदेखि विमारी छन्। पछिल्लो समय उनलाई भाइरल ज्वरो आएपछि  अस्पताल भर्ना गरिएको थियो। भाइरल ज्वरोका कारण केही दिनदेखि प्रचण्डसमेत घरै आराम गरिरहेका छन्। 
उनलाई चिकित्सकले घरमै आराम गर्न सल्लाह दिएका थिए। प्रचण्डकी बुहारी एव खानेपानी तथा सरसरफाई मन्त्री विना मगर पनि भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएकी थिइन्।  उनी केही दिन अगाडि मात्रै डिस्चार्ज भएकी हुन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?