छ सय ८९ जना प्रतिनिधि निर्वाचित हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
छ सय ८९ जना प्रतिनिधि निर्वाचित हुँदै

सारांश

  • धनगढी, २६ जेठ ।
  • आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् ।
  • क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् ।

धनगढी, २६ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् ।

यसैगरी टिकापुर नगरपालिका र भजनी नगरपालिकाबाट ५०÷ ५०, लम्कीचुहा नगरपालिकाबाट ५५, गोदावरी नगरबाट ६५, गौरीगङ्गा नगरबाट ६० र घोडाघोडी नगरपालिकाबाट ६५ जना प्रतिनिधि निर्वाचित हुनलागेका छन् ।

त्यस्तै कैलारी र जानकी गाउँपालिकाबाट ४९÷४९ जना, चुरे र बर्दगोरिया गाउँपालिकाबाट ३४÷३४ जना, जोशीपुर र मोहन्याल गाउँपालिकाबाट ३९÷३९ जना जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् ।

प्रत्येक नगरपालिका र गाउँपालिबाट एक÷एक जना प्रमुख तथा उपप्रमुख, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचित हुन लागेकोमा निर्वाचन पश्चात हुने गाउँ सभा र नगर सभाले थप जनप्रतिनिधि चुन्नुपर्ने व्यवस्था रहेको छ ।

यो निर्वाचनमा पहिलो पटक ठूलो सङ्ख्यामा महिला जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् । कैलालीमा कुल मतदाता सङ्ख्या चार लाख तीन हजार २८० रहेकोमा पुरुषको भन्दा महिला मतदाता सङ्ख्या सात हजार ४९९ बढी छ ।

कैलालीको धनगढी उपमहानगरमा ७६ हजार ४३०, टिकापुर नगरपालिकामा ३९ हजार १९२, भजनी नगरपालिकामा २६ हजार ९५२, लम्कीचुहा नगरपालिकामा ३९ हजार २३५, गोदावरी नगरमा ४१ हजार ८२९ र घोडाघोडी नगरपालिकामा ३९ हजार ६८१ मतदाता छन् ।

यस्तै कैलारी गाउँपालिकामा २९ हजार ९९६, चुरे गाउँपालिकामा नौ हजार ७४६, जानकी गाउँपालिकामा २७ हजार ४५८, जोशीपुर गाउँपालिकामा १९ हजार ३६५ बर्दगोरिया गाउँपालिकामा १५ हजार ७०० र माहन्याल गाउँपालिकामा नौ हजार २१७ मतदाता छन् ।

तेस्रोलिङ्गी मतदाताः—

कैलालीको भजनी र लम्की चुहा नगरपालिकामा एक÷एक, धनगढी उपमहानगरमा तीन र कैलारी गाउँपालिकामा दुईसमेत जम्मा सातजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।

मतदान स्थलः—

असार १४ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २३१ मतदानस्थल र ४९० मतदान केन्द्र स्थापना गरिएको छ । यीमध्ये धनगढी उपमहानगरमा ३३, टिकापुर नपा १६, भजनी र लम्कीचुहा नपामा १८÷१८, गोदावरी नपामा २२ तथा घोडाघोडी र गौरीगङ्गामा नपामा १७÷१७ मतदानस्थलको व्यवस्था गरिएको छ ।

यस्तै कैलारी र जानकी गाउँपालिकामा २०÷२०, चुरे र जोशीपुर गाउँपालिकामा १३÷१३, मोहन्याल गाउँपालिकामा १४ र बर्दगोरियामा १० मतदानस्थलको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?