महन्थ ठाकुरलाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने
सारांश
- काठमाडौं ।
- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
- विभिन्न दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने विषयमा बहस चलिरहेका बेला लोसपाले पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे पार्टीभित्र बहस सुरु गरेको छ ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
विभिन्न दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने विषयमा बहस चलिरहेका बेला लोसपाले पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे पार्टीभित्र बहस सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने सहमति भएको छ ।
आज बुधबार ओली निवास बालकोटमा यी दुई नेताबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।
त्यस्तै, लोसपाले पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने जनाएको छ । पार्टीको स्रोतका अनुसार राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने भएकाले त्यसका लागि ठाकुर उपयुक्त रहेको बताइएको छ ।
राष्ट्रपति देशको अभिभावक, संविधान रक्षक भएकाले त्यसमा पार्टीले ठाकुरलाई उपयुक्त पात्रका रूपमा देखेको स्रोतले भन्यो । पार्टीमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन कुनै समस्या नरेको तर त्यसका लागि दलहरुबीचमा सहमति हुनुपर्ने छ, स्रोतले भन्यो ।
यस विषयमा हालसम्म कुनै दलहरुसँग छलफल भएको छैन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर कांग्रेसबाट विद्रोह गरेर तराई मधेस लोकतान्त्रिक पार्टी खोलेपछि सो पार्टी पटकपटक सरकारमा गएको छ ।
ठाकुरले आफू धेरै पटक मन्त्री भएकाले अब मन्त्री नभई प्रधानमन्त्री वा राष्ट्रपतिमा बन्ने धारणा राख्दै आएका छन् । यसअघि पनि ठाकुर राष्ट्रपतिमा चर्चा र छलफल हुने गरेपनि यो पटक भने पार्टीले नै औपचारिक रूपमा प्रस्ताव लाग्ने तयारी गरेको छ ।
प्रतिक्रिया