भाइरल बनेका यि मुख्यमन्त्री ! के गरे यस्ताे ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भाइरल बनेका यि मुख्यमन्त्री ! के गरे यस्ताे ?

सारांश

  • काठमाडौं, २४ कात्तिक ।
  • संघीय समाजवादी फोरम नेपालका नेता एवम् प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नो जातीय संस्कृतिभन्दा अलग संस्कृतिको कार्यक्रममा सहभागी भएर चर्चामा आएका छन् ।
  • मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री राउतले बिहीबार नेवार समुदायले मनाउने म्ह पूजामा सरिक भए ।

काठमाडौं, २४ कात्तिक । संघीय समाजवादी फोरम नेपालका नेता एवम् प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नो जातीय संस्कृतिभन्दा अलग संस्कृतिको कार्यक्रममा सहभागी भएर चर्चामा आएका छन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री राउतले बिहीबार नेवार समुदायले मनाउने म्ह पूजामा सरिक भए । म्ह पूजामा सहभागी भएर राउतले नेवारी संस्कृतिअनुसार पूजाअर्चना गरेपछि प्रशंसा भएको हो ।

वीरगञ्जमा बिहीबार सम्पन्न म्ह पूजामा मुख्यमन्त्री राउत आफै सहभागी भएका थिए । उनले पूरै नेवारी परम्पराअनुसार म्ह पूजा गरेका थिए । म्ह पूजामा सहभागी भएका मुख्यमन्त्री राउतको त्यो अहिले तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । बेलाबेला हिन्दूहरूको चाढपर्वमा समेत सरिक हुँदै आएका मुख्यमन्त्री राउतले सबै धर्म र संस्कृतिलाई बराबरीको सम्मान दिने गरेका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?