बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ७, २०७७
|
|
४८ पटक हेरिएको
Shares
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा

सारांश

  • जीवन खत्री सोल ।
  • दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ।
  • घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्किए तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उनी फर्किन पाएनन्।

जीवन खत्री
सोल । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ। घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्किए तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उनी फर्किन पाएनन्।

लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन नसक्ने जानकारी गराउँदा कम्पनीले छिटो आउन या रोजगारी छाड्न दबाब दिइरहेको छ। उनीजस्ता ८०० बढी नेपाली श्रमिक (विद्यार्थी र व्यवसायीसमेत) बिदामा वा कम्पनी परिवर्तन गरी अर्को कम्पनीमा लाग्नुअघि नेपाल पुगेर उतै अड्किएका छन्। अनेक कष्टका साथ दक्षिण कोरिया आइयो तर कमाउने बेलामा नेपाल फर्केर कम्पनीको स्वीकृत बिदा अवधिभित्रै कोरिया फर्कन नसक्दा आफ्नो रोजगारी नै गुम्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ।

यस समस्यालाई ध्यान दिएर केही नेपाली सङ्घसंस्थाले बिदामा नेपाल जाने नेपाली श्रमिकलाई कोरिया फर्काइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएका छन्। सउलस्थित नेपाली दूतावासमा नेपाली सम्पर्क समिति, दोङ्देमुन व्यवसायी सङ्घ, नेपाली विद्यार्थी समाज, नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलालगायतले यहाँस्थित कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई ज्ञापनपत्र बुझाउँदै बिदामा नेपाल गएका नेपालीलाई जतिसक्दो छिटो कोरिया फर्किने वातावरण मिलाइदिन अनुरोध गरेका छन्।

“यसबारेमा नेपाल सरकार गम्भीर हुनुपर्छ तर दूतावासले अभिभावकत्व प्रदान गर्नुपर्ने बेलामा खासै चासो देखाइरहेको छैन ।” नेपाल पर्यटन बोर्डका मानार्थ दूत केपी सिटौलाले भन्नुभयो । सिटौलाले काठमाडौं सम्भावित चार्टर उडानसम्बन्धी शोधपत्रमार्फत कोरिया फर्किन चाहने नेपालीका बारेमा सर्वेक्षण गरेका थिए। सर्वेक्षणअनुसार बिदामा गएका अधिकांश नेपाली कोरिया फर्किन चाहेका देखिएको छ। उनले थपे, “बिदामा गएका नेपाली कसैगरी समयमै कोरियाा फर्कन नसके कम्पनीले उनीहरूलाई नकुर्न पनि सक्छ। यदि त्यसो भएमा नेपालमा रहेका नेपाली श्रमिकको रोजीरोटी मात्र खोसिन्न, देशलाई पनि करोडौँ रेमिट्यान्स गुम्छ।”

दूतावासले त्यस्तो समस्यामा परेका नेपालीका लागि आवश्यक समन्वय गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के आज तपाईं बाग्मती सफाइमा जानु हुनुहुन्छ ?
के आज तपाईं बाग्मती सफाइमा जानु हुनुहुन्छ ?
नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !
नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
प्रजनन् स्वास्थ्यमा ‘गर्भपतन’ : असुरक्षितलाई सुरक्षित प्रकृयामा ल्याउनुनै चेतनाको विकास
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
Internet Casino Österreich Echtgeld Casino Spielen Vulkan Vega
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
1win India ᐉ Sports Betting and Casino Website INR 75000 on Registration and First Deposi
A timely Look At One very popular Computer Software Course
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन  कारण
विश्वकप फुटबल २०१८: क्रोएसियाले जित्न सक्ने यी हुन कारण