महन्थ ठाकुर र राजेन्द्र महतोले भेटे प्रधानमन्त्री ओलीलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १०, २०७७
|
|
१९ पटक हेरिएको
Shares
महन्थ ठाकुर र राजेन्द्र महतोले भेटे प्रधानमन्त्री ओलीलाई

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकु्र र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
  • ठाकुर र महतोसँगै सरकारसँग वार्ता गर्न जसपाले गठन गरेको कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लापनि बालुवाटार पुगेका थिए ।
  • जसपाका नेता केशब झाले दिएको जानकारीअनुसार भेटवार्ता सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकु्र र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ठाकुर र महतोसँगै सरकारसँग वार्ता गर्न जसपाले गठन गरेको कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लापनि बालुवाटार पुगेका थिए ।

जसपाका नेता केशब झाले दिएको जानकारीअनुसार भेटवार्ता सम्पन्न भएको छ । अहिले जसपाका नेताहरु आन्तरिक छलफलमा छन् । पछिल्लो समय जसपा सत्ता समिकरणमा निर्णायक शक्ति बनेको छ । प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्न आफू सकारात्मक रहेको नेताहरुको प्रतिक्रिया छ । तर, ठोस सहमति भने भैसकेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?