महानगरपालिकाले भत्कायो प्रहरीको बिट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
२० पटक हेरिएको
Shares
महानगरपालिकाले भत्कायो प्रहरीको बिट

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतिदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ ।
  • महानगरीय प्रहरी बृत्त सिंहदरबारको उक्त बिट सडक मिचेर बनाइएको भन्दै महानगरपालिकाले आज डोजर लगाइ भत्काएको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतिदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । महानगरीय प्रहरी बृत्त सिंहदरबारको उक्त बिट सडक मिचेर बनाइएको भन्दै महानगरपालिकाले आज डोजर लगाइ भत्काएको हो ।

प्रहरी बिट भत्काउन महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली त्यहाँ पुगेको थियो । एसपी पाण्डेले मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।

तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?