पोग्बाले पेनाल्टी खेर फाल्दा युनाइटेड बराबरीमा रोकियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
पोग्बाले पेनाल्टी खेर फाल्दा युनाइटेड बराबरीमा रोकियो

सारांश

  • एजेन्सी ।
  • ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ।
  • सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल्दै अंक बाँडेको छ। सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग १–१ गोलको बराबरी खेलेको हो ।

पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टी खेर फाल्दा युनाईटेड जित निकाल्न असफल रह्यो । खेलको २७ औ मिनेटमै गोल गर्दै पाहुना टोली युनाइटेडले अग्रता लिएको थियो । एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?