प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल

सारांश

  • प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् ।
  • मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल पुगेकी हुन् ।
  • मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट भेट गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल पुगेकी हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रपति भण्डारीले करिब १५ मिनेट भेट गरेकी हुन् । प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाको जानकारी लिएपछि राष्ट्रपति भण्डारीले ओलीको उपचारमा संलग्न चिकित्ससँग कुराकानी गरेकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग १५ मिनेट कुराकानी गरेपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग बुझेकी थिइन् । चिकित्सकले प्रधानमन्त्री ओलीसँग भेट गर्न पहिलो पटक धेरै समय राष्ट्रपति भण्डारीलाई दिएकी हुन् ।

बोल्दा समस्या हुने भन्दै चिकित्सकले ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेतालाई छोटो समयमात्र भेट्न समय दिँदै आएका थिए । करिब ४० मिनेट अस्पतालमा बिताएकी भण्डारीले २५ मिनेटसम्म चिकित्सकसँग ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन् । अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री अाउने प्रधानसेनापति जाने !
प्रधानमन्त्री अाउने प्रधानसेनापति जाने !
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
ट्विटरमा अमिताभ, सलमान र शाहरुखमा को अगाडि ?
ट्विटरमा अमिताभ, सलमान र शाहरुखमा को अगाडि ?
आयो सातै प्रदेशको बजेट, कुन प्रदेशको कति बजेट र कस्ता योजना ?
आयो सातै प्रदेशको बजेट, कुन प्रदेशको कति बजेट र कस्ता योजना ?
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन

तपाईंले छुटाउनुभयो कि?