महिलाहरुले भने “अब हामी पनि व्यावसायी भयौँ ”
सारांश
- माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा,२९ असार ।
- पाँच महिने सिपमुलक तालिम बिहिबार सम्पन्न भएकाे छ ।
- “हातमा सिप भए पछि अब हामी पनि स्वरोजगार भयौं , अब यहाँ ५ महिना लगाएर सिकेको सिपलाई हामी व्यवसायमा लगाउछौं ” सिलाई कटाई तालिमका सहभागिले एकै स्वरमा भने ।
माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा,२९ असार । पाँच महिने सिपमुलक तालिम बिहिबार सम्पन्न भएकाे छ ।
“हातमा सिप भए पछि अब हामी पनि स्वरोजगार भयौं , अब यहाँ ५ महिना लगाएर सिकेको सिपलाई हामी व्यवसायमा लगाउछौं ” सिलाई कटाई तालिमका सहभागिले एकै स्वरमा भने ।
कपिलवस्तु शिवराज नगरपालिकाको सहयोगमा ४४ जना नगरका महिलाहरुलाई सिपमुलक तालीम दिइएको हाे।
५ महिना सम्म सिलाइकटाई तालिम सक्न पाएकोमा सहभागी विन्दु गैरेले खुसी व्यक्त गरिन ।खाली समय विताइरहेको वेला शिवराज नगरपालिकाले आफ्नो हातमा सिप दिएकोले अव सिलाइकटाई वाट आफ्नो जिविका पार्जन गर्न सक्ने क्षमता भएको गैरेले जनाइन ।
त्यस्तै ५ महिने तालिममा सहभागी भएकी रितु वेल्वासेले तालिममा सिकेका कुरालाई अब व्यवहारमा उतार्ने र व्यवसायिक सिलाई कटाई गर्ने बताईन । ५ महिने तालिमबाट आफुहरुले सिलाई कटाई सम्बन्धि आधारभूत ज्ञान लिएको हुदाँ आगामी दिन अझै उच्च तहको तालिम राखिए दिए अझ प्रभावकारी हुने बेल्वासेले बताईन ।
शिवराज नगरपालिकाले नगरलाई समृद्ध बनाउने उद्देश्यलाई पुरा गर्न सवैलाई रोजगार तथा आत्मनिर्भर बनाउन सिलाइकटाई जस्तो सिपमुलक तालिम राखेकोमा प्रदेश सभा सदस्या अर्जुन केसीले धन्यवाद दिए ।महिला यस्ता खालका सिपमुलक तालिम संचालन गरेमा आत्मनिर्भर बन्ने र वेराजगारीको सख्या घट्ने केसीले जनाए ।विभिन्न समुदायमा व्यक्तिहरु यस नगरपालिकामा बस्ने भएकोले सवै समुदायलाई समान दृष्टिकोण बाट हेर्नुपर्ने मा केसीले जोड दिनुभयो ।
त्यस्तै शिवराज नगर उप प्रमुख शिवकुमारी चौधरीले तालिममा सिकेका कुरालाई व्याभारमा उतार्नुपर्ने वताउनुभयो ।लक्षित वर्गका लागि आर्थिक वर्ष ०७४÷०७५ को कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रत्येक वडाबाट २ जना महिलालाई तालिममा सहभागि बनाएको र यस आर्थिक बर्ष ४४ जना महिलाहरु सिलाई कटाई सिप सिकेर आत्म निर्भर बनाउन प्रयास गरको उप प्रमुख चौधरीले बताउनुभयो ।
शिवराज नगरपालिका स्थित दियालो नेपाल र कपल फेसन गारेमन्टलाई ५÷५ लाख प्रदान गरी सो तालीम संचालन गरिएको हो ।तालिममा सिकेका कुरालाई व्याभारमा उतारी आत्मनिर्भर बनाउने नगरपालिकाको उद्देश्य रहेको छ ।
विहिवार चन्द्रौटामा कपल फेसन गारमेन्टले तालिम समापन गरेको छ ।कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटा,रामवहादुर चौधरी,अर्जुन पाण्डे,राष्ट्रिय मानव अधिकारका विष्णु खतिवडा,व्यापार संघ कपिलवस्तुका महादेव पोख्रेल लगाएतले तालिममा सिकेका कुरालाई व्याभारमा उर्तान सहभागीहरुलाई आग्रह गरेका छन ।
प्रतिक्रिया