महिला एसिया कपः नेपाल भारतसँग ८२ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
महिला एसिया कपः नेपाल भारतसँग ८२ रनले पराजित

सारांश

  • काठमाडौं।
  • एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई ८२ रनले पराजित गरेको छ।
  • जीतका लागि एक सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९६ रन बनायो।

काठमाडौं। एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई ८२ रनले पराजित गरेको छ।

जीतका लागि एक सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९६ रन बनायो। नेपालका लागि सिता राना मगरले १८, बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु बर्माले १४ रन बनाए। अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। भारतका लागि दिप्ती शर्माले ३ तथा अरुन्धाती रेड्डी र राधा यादवले २ २ विकेट लिए।

श्रीलंकाको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनाएको थियो। भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन्। उनले ४८ बलमा १२ चौका र एक छक्कासहित ८१ रन बनाएकी हुन्।

यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउदा सजीवन सजनाले १० तथा ऋचा घोषले छ रन जोडिन्।

नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिइन्। योसँगै समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्। भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो भने पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?