गायिका आनीको पुल बनाउने सपना! सरकारलाई दिइन १ करोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
गायिका आनीको पुल बनाउने सपना! सरकारलाई दिइन १ करोड

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने बताएका थिए ।
  • तर, अहिलेसम्म सबै तुइन विस्थापन हुन सकेका छैनन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने बताएका थिए । तर, अहिलेसम्म सबै तुइन विस्थापन हुन सकेका छैनन् ।

गायिका आनी छोइङ डोल्माले पुल बनाउने सपना सहित १ करोड रुपियाँ सहयोग गरेकी छिन् । आनीको सहयोगसँगै प्रधानमन्त्री ओलीले तुइन विस्थापन कोष स्थापनाको घोषणा गरेका छन् ।

तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड रुपियाँ सहयोग गरेकी छिन् । उनी निकै चर्चित “फूलको आँखामा फूलै संसार” गीत गाउने लोकप्रिय गायिका हुन् ।
गायिका डोल्माले सहयोग गरेपछि ओलीले तुइन विस्थापन कोषको घोषणा गरेका हुन् । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको हिजो राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले रकम हस्तान्तरण गरेकी हुन् ।

आफूले दिएको रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भन्ने उनको कामना छ । गायिका शेर्पाले लामो समयपछि मुलुकमा बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना दिइन् ।

प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा समेत गरे । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा ५० हजार रुपियाँ सहयोग दिने घोषणा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?