महिला हिंसा र बलात्कारका घटना बढेपछि गृहको यस्तो योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महिला हिंसा र बलात्कारका घटना बढेपछि गृहको यस्तो योजना

सारांश

  • काठमाडौं, १५ भदौ ।
  • अनियन्त्रित मदिराको बिक्रिबितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ ।
  • यो निष्कर्षमा पुगेको गृहले यसबिरुद्ध अभियानै सुरु गर्ने भएको छ ।

काठमाडौं, १५ भदौ । अनियन्त्रित मदिराको बिक्रिबितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । यो निष्कर्षमा पुगेको गृहले यसबिरुद्ध अभियानै सुरु गर्ने भएको छ ।

गृहले केही दिनभित्रै देशव्यापीरुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित बिक्रीवितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रीपरिषद्मा लैजानका लागि तयार पारेको छ ।

सो प्रस्ताव पारित भएलगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ । इन्टरनेटमार्फत अश्लीलता बढेको कारण पनि बलात्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?