चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
१९ पटक हेरिएको
Shares
चार वर्षीया बालिकालाई बलात्कार गर्दागर्दै रंगेहात फक्रिए ६५ वर्षे बृद्ध

सारांश

  • रवीन्द्र यादव नवलपरासी, २ भदौ ।
  • नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका– ९ मा एक बृद्धले ४ बर्षे बालिकालाई करणी गर्दैगर्दा रंगेहात पक्राउ परेका छन् ।
  • चार वर्षीया बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ६५ वर्षीय दरोगा थारुलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

रवीन्द्र यादव

नवलपरासी, २ भदौ । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका– ९ मा एक बृद्धले ४ बर्षे बालिकालाई करणी गर्दैगर्दा रंगेहात पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ६५ वर्षीय दरोगा थारुलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र बालिकालाई मेडिकल परीक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । घटनाबारे अनुसन्धान कार्य पूरा भएपछि मुद्दा अभियोजन गरिने बताइएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार सो इलाकामा एक बर्षभित्र यो घटनासहित करणीका ८ वटा घटना भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?