को को परे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा ?
सारांश
- काठमाडौं, २० असार ।
- प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।
- सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा गठन भएको समितिमा उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री र १४ जना सांसदहरू सदस्य रहेका छन् ।
काठमाडौं, २० असार । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा गठन भएको समितिमा उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री र १४ जना सांसदहरू सदस्य रहेका छन् ।
परामर्श समितिमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू, पार्वती डीसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड परेका छन् । त्यसैगरी नेकपाबाट खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरूङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन् ।
यसबाहेक राजपा नेपालका राजकिशोर यादव र संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया पनि सदस्य रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया