माइन आक्रमणपछि पनि वर्षमानको चुनावी अभियान जारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
माइन आक्रमणपछि पनि वर्षमानको चुनावी अभियान जारी

सारांश

  • काठमाडौं, २५ कार्तिक।
  • चुनावी प्रचारको क्रममा माइनस विष्फोटनमा परेका नेकपा माओवादी केन्द्रका नेता तथा रोल्पाका उम्मेदवार वर्षमान पुनको चुनावी अभियान शनिबार घर्तीगाउँ पुगेको छ।
  • शुक्रबारको चुनावी कार्यक्रम सकेर फर्किने क्रममा पुन चढेको गाडी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले बिछ्याएको माइनमा परेको थियो।

काठमाडौं, २५ कार्तिक। चुनावी प्रचारको क्रममा माइनस विष्फोटनमा परेका नेकपा माओवादी केन्द्रका नेता तथा रोल्पाका उम्मेदवार वर्षमान पुनको चुनावी अभियान शनिबार घर्तीगाउँ पुगेको छ।

शुक्रबारको चुनावी कार्यक्रम सकेर फर्किने क्रममा पुन चढेको गाडी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले बिछ्याएको माइनमा परेको थियो। विष्फोटनबाट मोटरमा सामान्य क्षति भएपनि सबै सकुशल रहेको छन्।

‘हिजोको घटनापछि पनि हाम्रो चुनावी अभियान जारी छ’ नेकपा एमाले नेता गोकुल घर्तीले शिखरन्युजसँग भने, ‘घर्तीगाँउमा कार्यक्रममा सबै सहभागी छौं।’

रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने स्थानमा सो माइन बिस्फोट भएको बताइएको छ। विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए। उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको थियो।

पुनले हत्या गर्ने उद्देश्यले शक्तिशाली माइन विस्फोट गराइए पनि गाडीमा मात्रै सामान्य क्षति भएको बताए।

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् ।

त्यसको केहीपछि एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती सवार गाडी रहेको थियो।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
उपत्यकामा जोर/विजोरमा झन कडाई गरिदै
उपत्यकामा जोर/विजोरमा झन कडाई गरिदै
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
एल क्लासिकोमा बार्सिलोनाको शानदार जित
एल क्लासिकोमा बार्सिलोनाको शानदार जित
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
पत्रकार खशोग्गीको हत्या साउदी युवराजकै निर्देशनमा ः सिआइए
पत्रकार खशोग्गीको हत्या साउदी युवराजकै निर्देशनमा ः सिआइए
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन्   ?
रास्वपाको केन्द्रीय समितिमा थपिएका १६ जना सदस्य को–को हुन् ?

तपाईंले छुटाउनुभयो कि?