पत्रकार खशोग्गीको हत्या साउदी युवराजकै निर्देशनमा ः सिआइए

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पत्रकार खशोग्गीको हत्या साउदी युवराजकै निर्देशनमा ः सिआइए

सारांश

  • पछिल्लो समय प्राप्त प्रमाणले खशोग्गीको हत्यामा शक्तिशाली युवराज नै सग्लन रहेको निस्कर्षमा ‘सिआइए’ पुगेको रोयटर्सले जनाएको छ ।
  • युवराजकै निर्देशनमा हत्या भएको निस्कर्षमा सिआइए पुगेको समाचार यसअघि द वासिङ्गटन पोस्टले छापेको थियो ।
  • तर यस सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस र विदेश विभागले प्रतिक्रिया दिएको छैन ।

पछिल्लो समय प्राप्त प्रमाणले खशोग्गीको हत्यामा शक्तिशाली युवराज नै सग्लन रहेको निस्कर्षमा ‘सिआइए’ पुगेको रोयटर्सले जनाएको छ । युवराजकै निर्देशनमा हत्या भएको निस्कर्षमा सिआइए पुगेको समाचार यसअघि द वासिङ्गटन पोस्टले छापेको थियो । तर यस सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस र विदेश विभागले प्रतिक्रिया दिएको छैन ।

साउदी अरेबियाले भने उनको हत्यामा खराव नियत भएका एजेन्टहरुको सग्लनता रहेको बताउदै आएको छ । तर हत्यामा युवराज तथा साउदी राजपरिवारका कुनै पनि सदस्यलाई खबर नरहेको बताउँदै आएको छ ।

टर्कीले उपलब्ध गराएको टेपमा हत्या पैसा लिएर कसैको हत्या गर्ने व्यक्तिले खशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई साउदी युवराज नै रहेको विश्वास सिआइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खशोग्गी हत्याको घटनामा साउदी अरेबियालाई साथ दिएको आरोप लाग्दै आएको छ । सिआइएको अनुसन्धान र साउदी युवराजमाथिको शंका सम्बन्धी पछिल्लो समाचारले अमेरिका–साउदी सम्बन्धमा असर पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?