माओवादीमा हलचल, गजुरेलले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares
माओवादीमा हलचल, गजुरेलले दिए राजीनामा

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका छन्।
  • हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना धारणाहरु राख्दै गजुरेलले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको लागि आह्वान समेत गरेका छन्।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका छन्।

हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना धारणाहरु राख्दै गजुरेलले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको लागि आह्वान समेत गरेका छन्।

पाँच दिनसम्म चलेको बैठकमा लिखित रूपमा असहमति राख्दै उनले पार्टीका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका हुन्। स्रोतका अनुसार  उपमहासचिव गजुरेलले छ बुँदे फरक मत राखेका थिए। साथै आफ्नो छ बुँदे फरक मतलाई उनले पढेर नै सुनाएका थिए।

सोही बेला उपमहासचिव गजुरेलले आफूसहित पदाधिकारीहरुले पार्टीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र त्यसको नैतिक जिम्मेवारी आफूसमेतले लिँदै सामूहिक राजीनामाको आह्वान गरेका थिए।

‘अरू कसैले राजीनामा नदिए म एक्लै भएपनि दिन्छु, त्यो कुरा अध्यक्षबाट आउनुपर्‍यो।’ गजुरेलको भनाइ थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?