दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला

सारांश

  • चितवन।
  • भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ।
  • एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन्।

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ। एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन्।

विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाइ थियो।

मन्त्री तमाङले पूर्व राजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे। देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तमाङले विश्वास व्यक्त गरे।

यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पूरा भएको बताइन्।

भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई थियो । अब पर्यटकीय गन्तव्यहरु क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन्। नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन्।

भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ। ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए। राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो। राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ। दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
छ महिनाको बच्चालाई मुसाले जिउँदै खायाे
छ महिनाको बच्चालाई मुसाले जिउँदै खायाे
३५ डिएसपी एसपीमा बढुवा सूचिसहित
३५ डिएसपी एसपीमा बढुवा सूचिसहित
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
Hello world
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ
बुटवलमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

तपाईंले छुटाउनुभयो कि?