विवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १, २०८१
|
|
२१ पटक हेरिएको
Shares
विवाह बन्धनमा बाँधिए अदिति र सिद्धार्थ

सारांश

  • काठमाडौं।
  • बलिवुड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ विअवाहिक बन्धनमा बाँधिएका छन्।
  • तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन्।

काठमाडौं। बलिवुड अभिनेत्री अदिति राव हैदर र अभिनेता सिद्धार्थ विअवाहिक बन्धनमा बाँधिएका छन्।

तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरुले गोप्य रुपमा विवाह गरेका हुन्। विवाह समारोहमा परिवारका सदस्यहरु मात्र सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि दुवैले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

२०२१ मा एक फिल्ममा काम गरेपछि सिद्धार्थ र अदिति नजिकिएका थिए। सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए। त्यसपछि यी दुईबीचको निकटता बढेको हो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन्। अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन्। उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेका छन्।

अदिति शाही परिवारसँग सम्बन्धित छिन्, अदितिको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो। अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरेकी थिइन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागिन् । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो । सिद्धार्थको पहिलो विवाह सन् २००३ मा मेघनासँग भएको थियो । यो विवाह २००७ मा टुटेको थियो । त्यस्तै अदितीको पहिलो विवाह अभिनेता सत्यदीप मिश्रसँग भएको थियो, जब उनी २१ वर्षकी थिइन् । चार वर्षपछि दुवैको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता
सभामुखमा कृष्णबहादुर महरा
सभामुखमा कृष्णबहादुर महरा
तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि
तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
नेपाल लाइफको ‘कोरोना भाइरस उपचार कोष’ मा १ करोड सहयोग
नेपाल लाइफको ‘कोरोना भाइरस उपचार कोष’ मा १ करोड सहयोग
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
कालिकोटमा पहिराेले घर बगायाे !
कालिकोटमा पहिराेले घर बगायाे !
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

तपाईंले छुटाउनुभयो कि?