माओवादी हेडक्वार्टरको आदेश वेवास्ता गर्दै एनएमए निर्वाचनमा लोकेन्द्र विष्टको ठाडो हस्तक्षेप
सारांश
- सुजन पन्त काठमाडौं ।
- नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि साउन २१ गते हुन गईरहेको निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वार जिम्बा जाम्बु शेर्पाको नेतृत्वलाई नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) र नयाँ शक्ति नेपाल निकट पर्यटन व्यवसायीहरुको समर्थन रहने भएको छ ।
- यता, नेकपा एमाले निकट रहेका सन्तवीर लामाको नेतृत्वलाई माओवादी केन्द्रले समर्थन गर्ने जनाएको छ ।
- सुजन पन्त
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि साउन २१ गते हुन गईरहेको निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वार जिम्बा जाम्बु शेर्पाको नेतृत्वलाई नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) र नयाँ शक्ति नेपाल निकट पर्यटन व्यवसायीहरुको समर्थन रहने भएको छ ।
यता, नेकपा एमाले निकट रहेका सन्तवीर लामाको नेतृत्वलाई माओवादी केन्द्रले समर्थन गर्ने जनाएको छ । तर, माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको बहुमत पक्षले राष्ट्रिय एलाइन्सअनुसार कांग्रेससँग सहकार्य गरेर स्वतन्त्र उम्मेद्वार शेर्पाको नेतृत्वलाई समर्थन गर्ने भएका छन् ।
बहुमत पक्ष हुँदाहुँदै माओवादी केन्द्रका पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्ट मगरले ठाडो हस्तक्षेप गरी एमालेसँग सहमति गराएका हुन् ।
त्यो अर्थमा माओवादी भित्र अध्यक्षका प्रत्यासीका रुपमा रहेकी निमि शेर्मा कांग्रेस–नयाँ शक्ति गठबन्धनका स्वतन्त्र उम्मेद्वार शेर्पाको नेतृत्वमा द्वितिया उपाध्यक्षको उम्मेद्वारको रुपमा बसेकी छन् ।
माओवादी केन्द्र हेडक्वार्टरले कांग्रेससँग सहकार्य गरेर अगाडि जानुपर्ने भनेपनि लोकेन्द्र विष्ट मगरले अटेर गरी एमालेसँग समीकरण गर्नुमा यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया