कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका ५६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यसमितिको निर्णय पुनः विचार गर्न माग गरेका छन् ।
  • जिल्ला सभापतिहरुले एक विज्ञप्तिमार्फत केन्द्रीय पदाधिकारी र सदस्यले विधानबाट स्वतः पार्टीको प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो-याएर अवसर नदिन निर्णयलाई पुनःविचार गर्न माग गरेका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसका ५६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यसमितिको निर्णय पुनः विचार गर्न माग गरेका छन् ।

जिल्ला सभापतिहरुले एक विज्ञप्तिमार्फत केन्द्रीय पदाधिकारी र सदस्यले विधानबाट स्वतः पार्टीको प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो-याएर अवसर नदिन निर्णयलाई पुनःविचार गर्न माग गरेका हुन् ।

पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुरायाउने निर्णयमाथि सिघ्र पुनः विचार गर्न जिल्ला सभापतिहरुले माग गरेका हुन् । अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुने चेतावनी छ ।

काँग्रेसको गत पुस २८ देखि माघ ८ गतेसम्म सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यको प्रस्ताव अनुसार विधानमा सो व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यबद्धता जनाएका थिए ।

नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले महासमिति बैठकबाट पारित भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीहरुलाई आश्चर्य चकित तुल्याएको बताएका छन् । महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुनसक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गर्नु दुर्भाग्यपूर्ण भएको सभापतिहरुको भनाइ छ ।

दुई विषयका सम्बन्धमा महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको जिल्ला सभापतिहरुद्वारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
भरतपोखरीको बाघमारा बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामा एकीकृत कारोबार शुभारम्भ
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए
पब्जीले गराएको सम्बन्ध विच्छेद
पब्जीले गराएको सम्बन्ध विच्छेद
सरकारले भन्यो ‘डा  गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
सरकारले भन्यो ‘डा गोविन्द केसीको तर्फबाट वार्ता गर्ने मान्छे भेटिएनन्’
The right way to Write a Very good Sample Profile For Online dating Site
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
सुनकोशी नदी तटीय क्षेत्रमा अलर्ट, कास्कीमा पनि बाढीको खतरा
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?