ओलीले धोका दिए भन्दै प्रचण्डको ईश्वरसँग गुनासो
सारांश
- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् ।
- पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् ।
- अहिले प्रचण्डको निराशा र असन्तुष्टि सार्वजनिक हुन थालेको पार्टी निकटका नेताहरुले बताउँन थालेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् । अहिले प्रचण्डको निराशा र असन्तुष्टि सार्वजनिक हुन थालेको पार्टी निकटका नेताहरुले बताउँन थालेका छन् ।
दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो । एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो । त्यसपछि पार्टीले विभाग प्रमुखहरु तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । नागरिक दैनिकबाट
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताए । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गरे । “बाह्र वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको सार्वजनिक रुपमा प्रष्ट्याएको छ ।
प्रतिक्रिया