शनिबार र सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
शनिबार र सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै

सारांश

  • वित्तीय क्षेत्रमा राम्रो छवि बनाएको अन्धकारमुक्त बचत तथा ऋण सहकारी संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता बनाएको छ ।
  • रामपुर नगरपालिकामा सञ्चालनमा रहेको यस सहकारीले ३६५ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।
  • “सार्वजनिक बिदाका दिन तीन जना कर्मचारी र दुई जना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको छ, सेवा नै ठूलो धर्म हो, हामी सदस्यको सेवामा निरन्तर खटिने छौँ,” उहाँले भन्नुभयो ।

वित्तीय क्षेत्रमा राम्रो छवि बनाएको अन्धकारमुक्त बचत तथा ऋण सहकारी संस्थाले सदस्य सेवालाई पहिलो प्राथमिकता बनाएको छ । रामपुर नगरपालिकामा सञ्चालनमा रहेको यस सहकारीले ३६५ दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेल बताउनुहुन्छ ।

“सार्वजनिक बिदाका दिन तीन जना कर्मचारी र दुई जना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको छ, सेवा नै ठूलो धर्म हो, हामी सदस्यको सेवामा निरन्तर खटिने छौँ,” उहाँले भन्नुभयो ।

अन्य वित्तीय संस्थाले सेवा दिन नसकेको, शनिबार र सार्वजनिक बिदाका समयमा अन्य कर्मचारीलाई सेवा लिन सजिलो परेको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । शनिबार तथा सार्वजनिक बिदाका दिन विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी सेवा लिन आउने गरेको कर्मचारी सुमित्रा बाँस्तोला बताउनुहुन्छ । बिदाका दिन पनि सहकारीले सेवा दिँदा धेरै सहज भएको शेयर सदस्य उर्मिला राना बताउनुहुन्छ ।

विसं २०५६ पुस २० मा दर्ता भई सञ्चालनमा आएको यो सहकारी वित्तीय क्षेत्रमा नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ । सहकारीमा हाल बाल बचतसहित नौ हजार ७०९ सदस्य आवद्ध छन् ।

सहकारीमा हाल ८४ करोड बराबरको पुँजी रहेको छ । सहकारीले रामपुर नगरपालिकासहित पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !
माेदी स्वदेश फर्केपछि एमालेद्वारा भारतीय सांसदको निन्दा !
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
मोेदीलाई अभिनन्दन गर्न १ करोड २६ लाखको मञ्च! कस्तो होला
मोेदीलाई अभिनन्दन गर्न १ करोड २६ लाखको मञ्च! कस्तो होला
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
आईपीएलमा गुजरातको लगातार तेस्रो जित
आईपीएलमा गुजरातको लगातार तेस्रो जित
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल

तपाईंले छुटाउनुभयो कि?