माग पूरा नभए बजेट अधिवेसन चल्न नदिने राजपाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
माग पूरा नभए बजेट अधिवेसन चल्न नदिने राजपाको चेतावनी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय जनता पार्टीले सरकारले गठन गरेको लिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे बजेट अधिवेशन चल्न नदिने चेतावनी दिएको छ ।
  • आइतबार प्रतिनिधिसभाको बैठकमा राजपा सांसद लक्ष्मण लाल कर्णले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने संसदका बजेट अधिवेशन चल्न नदिने चेतावनी दिएका हुन् ।

काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारले गठन गरेको लिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे बजेट अधिवेशन चल्न नदिने चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा राजपा सांसद लक्ष्मण लाल कर्णले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने हो भने संसदका बजेट अधिवेशन चल्न नदिने चेतावनी दिएका हुन् ।

राजपाले लोकसेवा आयोगले निकालेको विज्ञापन प्रति पनि आपत्ति जनाएका छन्। मुलुक संघीयतामा गइसकेपछि पनि त्यसको बेवास्ता गर्दै संवैधानिक आयोगले संविधानको उल्लघंन गरेर विज्ञापन निकालेर संविधान उल्लघंन गरेको आरोप लगाए। उनले प्रदेश र स्थानीय तहमा कर्मचारीको आवश्यकता र पदपूर्ति गर्ने जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने माग गरे। लोकसेवा आयोगले आफ्नो विज्ञापन नसच्याउने हो भने आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?